×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा झापाको दमकमा, शाखा सञ्जाल ८६ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा झापाको दमकमा, शाखा सञ्जाल ८६ पुग्यो

Artha Sarokar

१८ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 दमक

काठमाडौं – नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा दमकमा विस्तार भएको छ । बैंकले ८६औं शाखा संचालनमा ल्याउने क्रममा झापा जिल्लाको दमकमा उद्घाटन भई औपचारिक कारोबार शुरु भएको हाे ।
सो शाखाको उद्घाटनमा दमक नगरपालिकाका उप मेयर गिता अधिकारी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा बताए ।
बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो ।
साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । दमक शाखाहरु सहित बैंकले ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ६७ वटा बैंकबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी