×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ रुपैयाँमै खाता खोल्न सकिने गरी नेपाल बङ्गलादेश बैंकको रजत बचत खाता सञ्चालनमा

PRIME CA
GLOBAL IME BANK

२५ रुपैयाँमै खाता खोल्न सकिने गरी नेपाल बङ्गलादेश बैंकको रजत बचत खाता सञ्चालनमा

३ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता मात्र २५ रुपैयाँमा खाता खोल्न सकिने छ । साथै, बैंकद्वारा १०० रुपैयाँ थप प्रदान गरिने, बचतकर्ता र इच्छाएको व्यक्तिलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् ।
यस सुविधा अन्तर्गत बचतकर्ता र निजको इच्छाएको व्यक्तिले नेपाल भरीका अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख रुपैयाँमा नबढ्ने गरि वार्षिक औषत निक्षेप रकमको २५ प्रतिशत वा अस्पतालको बिल रकम मध्ये जुन न्यूनतम हुन्छ सो रकम बराबर दावी प्राप्त गर्न सक्नेछन् । संयुक्त बचतकर्ताको हकमा दुबै बचतकर्तालाई यो सुविधा प्राप्त हुनेछ । यस प्रकारको सुविधा वर्षमा २ पटक प्राप्त गर्न सकिनेछ । विभिन्न १५० थरिका रोगको उपचार तथा सल्यक्रियाका निम्ति पनि यो सुविधा प्राप्त हुनेछ ।
उक्त बचत खाता सुरुवात समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सकारात्मक प्रयासलाई बैंकको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: