Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैङ्कको नयाँ शाखा दाङको तुलसीपुरमा, शाखा सञ्जाल १६१ पुग्यो

अर्थ सरोकार

 तुलसीपुर

काठमाडौं – नेपाल बैङ्कको नयाँ शाखा तुलसीपुरमा विस्तार भएको छ । नेपाल बैङ्कले प्रदेश नम्बर ५ ,दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराहीरोड्मा शाखा स्थापना गरेको हो ।
राप्ती अन्चलको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको उपमहानगरमा स्थापित यस शाखाबाट सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा ,निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैङ्किंग सेवा र सुविधाहरु उपलव्ध हुनेछ ।
वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्कले देशका ६१ जिल्लामा १६१ शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किग सेवा पुर्यारहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK