Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक र रिलायबल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट वीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौँ – नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । यी दुई कम्पनीबीच बीमा सेवामा सहकार्य सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले सयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार नेपाल बैंकले देशका ६१ जिल्लामा फैलिएका १ सय ६१ शाखा कार्यालय मार्फत रिलायबल लाईफ इन्स्योरेन्सकोले जारी गर्ने विभिन्न १२ प्रकारका बीमा प्रलेखको विक्रि,नविकरण,प्रिमियमको कारोवार,वीमाको दावी भुक्तानी लगायतका सेवा उपलव्ध गराउने छ ।
उक्त सम्झौताबाट देशमा वीमा पहुंच बृध्दि हुने ,वीमा प्रिमियमको आधारमा बैकिंग निक्षेप सिर्जना भई थप पुँजी निर्माण हुने ,यसरी सिर्जित पुंजी वित्तिय वजारमा प्रवाहित भई समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैकले लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK