काठमाडौँ – एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लामा आएको विध्वंसकारी हुरीबतासले पुर्याएको क्षति प्रति दुुःख व्यक्त गर्दै राहत सामाग्री हस्तान्तरण गरेको छ । बैंकले घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायत गाउँकाका पीडितजन समुदायका राहात सामाग्री दिएको हो । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्