×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा आक्रामक बन्दै एनआईसी एशिया बैंक, एकैसाथ ८ नयाँ शाखा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

शाखा विस्तारमा आक्रामक बन्दै एनआईसी एशिया बैंक, एकैसाथ ८ नयाँ शाखा सञ्चालन

Artha Sarokar

१५ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 काठमाडौं

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले वैशाख १३ गते(शुक्रबार) मात्रै विभिन्न ८ स्थानमा ८ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले शुक्रबार एकैदिन काठमाडौं उपत्यका भित्र ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सा जिल्लामा १ गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो ।
काठमाडौंको सितापाईला शाखाको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र ललितपुरको भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काले उद्घाटन गरेका हुन् ।
त्यस्तै, नुवाकोटस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेशकुमार नेपालबाट उद्घाटन भएको हो । काभ्रे स्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले गरेका छन् ।
त्यसैगरी, पोखरास्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली रामपोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले संयुक्त रुपमा गरेका हुन् । तथा पर्सा जिल्लाको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारले उद्घाटन गरेका हुन् ।
बैंक सबैभन्दा बढी शाखा संचालन गर्नेमा पहिलो स्थानमा रहेको छ । हाल बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि बढाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी