काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र ४ र रौतहत जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयका साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आइतबार औपचारिक रुपमा उद्घाटन गरेको छ ।
काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालबाट, नागार्जुन नगरपालिका वडा नं.३ ठूलो भर्याङ्ग स्थित ठूलो भर्याङ्ग शाखा कार्यालयको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट, नार्गजुननगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट उद्घाटन भएको हो ।
त्यसैगरी, काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिल शाखाको सोही वडाका वडाअध्यक्ष शुद्धकुमार डंगोलबाट, रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९, रौतहतस्थित सिम्राभवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कंचनगाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा उद्घाटन गरिएको हो ।
शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा लालबहादुर थापालाई नियुक्त गरिएको छ । नयां शाखा सहित शाखा संख्या २८१ र शाखा रहित बैंकिङ इकाई २४ वटा पुगेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्