काठमाडौं – पोखराको ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यवसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।
यो समझदारी अनुसार स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको लागि आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ । साथै ओम बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने बताइएको छ ।
यसअघि एनक्लाउड र पोखरा महानगरपालिका बीच यसै परियोजनाको लागी महानगरपालिका भित्र सञ्चालनमा रहेका यातायात व्यबसायी समितिहरुको प्रतिनिधिको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एनक्लाउडले काठमाण्डौ उपत्यकामा चल्ने साझा यातायातका सवारी साधनमा यो सेवा जडान गरी सफलतापुर्वक सञ्चालन गरिरहेको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्