
२०७२ सालको महाभुकम्पका कारणले क्षति पुगेको मन्दिरलाई पुन निर्माण गर्न बैंकको यो आर्थिक सहयोगले योगदान पुग्ने र दर्शनार्थीहरुलाई समेत अझ बढी सुबिधा हुने बैंकले विश्वास लिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनकामना मन्दिरलाई आर्थिक सहयोग प्रदान गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए । बैकले यस अघि पनि बिभिन्न संघ संस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहेको बताइएको छ ।