काठमाडौँ – प्रभु बैंक लिमिटेडले काठमाडौँ जिल्ला शंखरापुर नपा वडा नं. ७ स्थित साँखुमा शाखा कार्यालय बिस्तार गरी कारोवार शुरु गरेको छ ।
उक्त शाखाको शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवम् गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।
उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियतपूर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुँदा कृषि, उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानीय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्