काठमाडौँ – नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी बिहीबार एक कार्यक्रमका बीच सम्झौतामा भएको छ ।
संझौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर÷जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याउने छ ।
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा बृद्धि हुन जाने बिश्वास लिईएको छ ।
बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रकाउद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलनप्रक्रियामापनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्