काठमाडौँ – प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको उपयोग गर्दै घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको जनाइको छ ।
आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनाइन एकाउन्ट ओपनिङ बटन क्लिक गर्नु पर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले यसबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्