काठमाडौँ – नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालय गरी ५ वटा भन्सार कार्यालयमा आइतबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्