×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल टाइममा खाता खोल्न मिल्ने गरि प्रभु बैंकले ल्यायो ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रियल टाइममा खाता खोल्न मिल्ने गरि प्रभु बैंकले ल्यायो ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

Artha Sarokar

२९ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 मुस्ताङ्ग

काठमाडौं – प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा उद्घाटन स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्ला स्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी