×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा आक्रामक बन्दै सिद्धार्थ बैंक, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

 मोरङ

काठमाडौँ – सिद्धार्थ बैंकले सोमबार ४ नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा शाखाहरू सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: