×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको दमौली शाखा स्थानान्तरण, शाखा सञ्जाल १४९ पुग्यो

PRIME CA

सिद्धार्थ बैंकको दमौली शाखा स्थानान्तरण, शाखा सञ्जाल १४९ पुग्यो

२५ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सिद्धार्थ बैंकले दमौली शाखाको औपचारिक स्थानान्तरण उद्घाटन भएको छ । बैंकको दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठबाट संयुक्त रूपमा भएका हुन् ।
बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो । ग्राहकवर्ग र सरोकार वालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथसाथै विभिन्न सहुलियतपूर्ण कर्जाप्रदान गर्दै आइरहेको छ ।
यसैगरी बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १सय शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: