×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंककाे ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा, वार्षिक ६ प्रतिशत व्याज पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिद्धार्थ बैंककाे ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा, वार्षिक ६ प्रतिशत व्याज पाइने

Artha Sarokar

६ बैशाख २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो ।
जस अन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने छ । शून्य मौज्दातमा खाता खोल्न सकिने खातामा ग्राहकले वार्षिक ६ प्रतिशत व्याजदर पाउने छन् । साथै, निःशुल्क चेकबुक र एबीएबीएस सुविधा रहेको बैंकले जनाएको छ ।
नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बंैक खाता खोल्ने अभियान बमोजिम यस खाता सञ्चालनमा ल्याएको हो ।
हाल बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र १,३०० भन्दा बढी पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी