काठमाडौं – नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्रान्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालको एकमात्र ISO Certified Company रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताउनु भयो ।
राजधानीमा आज एक समारोहका बिच ब्रान्ड एम्बेसडरको लागि केकी अधिकारी र कम्पनिका निर्देशक राजन झा बिच सम्झौता आदन प्रदान भएको थियो । केकी अधिकारीलाई कम्पनिले ३ वर्षको लागि ब्रान्ड Ambassador मा नियुक्त गरेको छ ।
यस्तै सिल्क वेयर ब्रान्डको धाराका सामानहरु भने Johnson International Pvt. Ltd. ले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना Product हरुमा १० वर्षको Replacement Guarantee दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता Premium ब्रान्डलाई Promote गर्न कम्पनीले आफुलाई रोजेकोमा कम्पनिका निर्देशक राजन झालाई धन्यवाद दिदै आफुले यो Brand लाई नेपालीहरुको माझ Popular बनाउन सक्दो प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन, सबै व्यापारी वर्गलाई यसै गरी नेपालमा उत्पादनशील क्षेत्रमा लगानी गरी देशलाई आत्मनिर्भर बनाउन पनि अपिल गरिन ।
सिल्क वेयर नै किन रोज्ने भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै निर्देशक झाले भन्नुभयो, हामी हाम्रा ग्राहकलाई १० वर्षको Replacement Guarantee दिदै छौ, After Sales Services र Product Quality International Standard को भएको हुनाले निर्धक्क भएर प्रयोग गर्न सल्लाह दिनु भयो, विदेशी ब्राण्डलाई महँगो पैशा तिर्नु भन्दा विदेशी ब्रान्ड सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गर्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्