×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! सनराइज बैंकको क्यालेन्डरमा स्कुले केटाकेटीका मनमोहक चित्रकला…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

आहा ! सनराइज बैंकको क्यालेन्डरमा स्कुले केटाकेटीका मनमोहक चित्रकला…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ बर्षका बेला विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले क्यालेन्डर छापिरहेका छन् । सबैजसो बैंक तथा वित्तीय संस्थाहरुले यसरी क्यालेन्डर छापिरहेका छन् कि मानौँ यो क्यालेन्डरको मेला हो । हुन पनि क्यालेन्डर आवश्यक चीज पनि हो । र धेरै हदसम्म निभाउनै पर्ने औपचारिकता पनि । यसो त क्यालेन्डरमा प्रयोग हुने तस्विर लाखौँ रुपैयाँमा किनेर छाप्ने बैंकहरु पनि छन् । यसकै लागि लाखौँ पैसा खर्च गरेर फोटोकै लागि बिड गर्नेहरु पनि छन् । आफ्नो क्यालेन्डरमा आफ्ना स्टाफहरुको फोटो राख्ने देखि आफ्नो बैंकका विभिन्न प्रोडक्ट राख्ने बैंकहरु पनि छन् । तर यो भीडमा सनराइज बैंकले उदाहरणीय काम गरेको छ । क्यालेन्डरमा केहि छाप्नै पर्ने हुँदा बैंकले स-साना स्कुले केटाकेटीहरुले बनाएको चित्रकलालाई आफ्नो क्यालेन्डरमा उतारेको छ ।
मनै लोभ्याउने आर्ट !
बैंकले विभिन्न पत्रपत्रिकामा सार्वजनिक भएका तस्विर बनाउने स्कुले केटाकेटीहरुलाई सम्पर्क गरी, उनीहरुलाई थप चित्र बनाउन लगाएर उक्त चित्रकला आफ्नो क्यालेन्डरमा उतार्ने काम गरेको छ । सनराइज बैंकले प्रकाशित गरेको क्यालेन्डरमा स-साना बच्चाहरुले बनाएका सार्है राम्रा चित्रहरु छन् । कतिपय तस्विरहरु फोहोर देखिएपनि बैंकले स्कुले केटाकेटीहरुको प्रतिभाको उच्च सम्मान गरेको छ । चित्र प्रयोग गरेवापत बैंकले चित्र बनाउनेहरुलाई केहि रकमसमेत पुरस्कारस्वरूप दिएको छ । हरेक चित्रको तल चित्र बनाउनेको तस्विर, कक्षा र विद्यालयसमेत उल्लेख गरिएको छ । समग्रमा बैंकले विद्यार्थीहरुलाई साच्चै हौसला दिने काम गरेको छ । हेरौं क्यालेन्डरमा  उतारिएका स्कुले केटाकेटीको चित्रकला  
कन्सेप्ट सीइओको !
नेपाली बैंकिङ क्षेत्रमा पाको बैंकरका रुपमा चिनिएका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको ‘कन्सेप्ट’ हो यो । उनकै कन्सेप्ट अनुसार विद्यार्थीका प्रतिभा टेबल क्यालेन्डर र भित्ते क्यालेन्डरमा प्रस्तुत गरिएको छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: