×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक लिमिटेड र डलर स्मार्ट ग्लोबलबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंक लिमिटेड र डलर स्मार्ट ग्लोबलबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सनराइज बैंक लिमिटेड र डलर स्मार्ट ग्लोबल बिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि अनलाइन रेमिट्यान्स प्रणालीबाट अष्ट्रेलिया र हङ्ग्रकङ्गमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ ।
डलर स्मार्ट मार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ । हाल यो सुविधा अष्ट्रेलिया र हङकङमा मात्र रहेको र आउने दिनहरुमा शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने डलर स्मार्टले जनाएको छ ।
डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइदर्ता प्रक्रिया पुरा गर्नु पर्नेेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ ।
साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: