Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको नयाँ शाखा धनुषाको महेन्द्रनगरमा, मुख्य मन्त्री लाल बाबु राउतद्वारा उद्घाटन

अर्थ सरोकार

 महेन्द्रनगर

काठमाडौँ – धनुषा जिल्ला शिरेश्वर नगरापालिका स्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकले नयाँ शाखा विस्तार गरेको छ । एक कार्यक्रमका बीच प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउतले उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी दिए । स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा थप डिजिटल सेवाहरुको अतिरिक्त विविध क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने उनले उल्लेख गरे ।
मुख्य मन्त्री राउतले सम्पूर्ण स्थानीय जनताहरुको मागलाई ध्यानमा राखी सहज रुपमा कर्जा उपलव्ध गराउनु पर्ने माग राखे । यस क्षेत्रबाट धेरैभन्दा धेरै यूवाहरु रोजगारीको शिलशिलामा विदेश गएकोले उनीहरुले पठाउने रेमिट्यान्सलाई सहज रुपमा उनीहरुको घर परिवार समक्ष पुर्याउने व्यवस्था गराएमा कृषि विकास बैंक प्रति जनताहरुको थप आकर्षण बढ्ने उनले बताए । साथै उनले स्थानीयवासीहरुलाई आफूसँग भएको स–सानो बचत रकमलाई बैंक जम्मा गर्न अनुरोध समेत गरे ।
बैंकका क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगरवासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK