Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको उदारहणीय काम, ‘खोलौँ खाता अभियान’ लिएर बस्ती-बस्तीमा गल्छी शाखा !

अर्थ सरोकार

धादिङ – नेपाल सरकारले सुरु गरेको ‘खोलौँ खाता अभियान’ देशभर चलिरहेको छ । यसमा नेपाल बैंकर्स संघले गरेको कतिपय प्रचारात्मक कामले यो अभियान वाणिज्य बैंकमा मात्र हो कि ? भन्ने भ्रम भइरहेका बेला विभिन्न बिकास बैंकहरुलेसमेत यो अभियानलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । विभिन्न बिकास बैंकहरुले यो अभियानलाई आफ्नै शैलीमा प्रचार गरिरहेका बेला सांग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले यो अभियानलाई बस्ती-बस्तीमा पुर्याएर अर्को उदारणीय काम गरेको छ ।
‘हाम्रो शाखाले विगतका महिनामा पनि बजारीकरणका विभिन्न रणनीतिहरु लिएको थियो । जनताका घर घरमा गएर, विभिन्न विधालय, कलेजहरुमा ,सहकारी संस्थाहरुमा मात्र होइन टोल-टोलमा पुगेई हामीले सरकारी अभियानको प्रचार प्रसार गरिरहेका छौं भने बैंक खातासम्बन्धि जानकारी दिएर वित्तीय साक्षरता पनि बढाईरहेका छौँ ।’ शाखामा कार्यरत शाखा प्रमुख गौरव काफ्लेले अर्थ सरोकार डटकमसँग भने, ‘हाम्रा कर्मचारीहरु स्थानीयको सहयोगमा जनताको दैलोसम्म पुगेका छन् । आम नागरिकलाई बैंकको महत्व बुझाएर खाता खोल्ने अभियानमा लाग्दा व्यापार त बढेको छ नै, छुट्टै खालको सन्तुष्टि पनि मिलेको छ ।’ 
शाखा प्रमुख काफ्लेका अनुसार यस्तो कार्यक्रम कार्यक्रम प्रत्येक बिहान ६ः३० बजे देखि ९ बजे एक हप्ताका लागि चल्ने कार्यक्रम हो । आइतबार गल्छी गाउँपालिका वडा नम्बर ४ अम्लेश्वर पेट्रोलपम्प सेरोफेरोमा, सोमबार गल्छी गाउँपालिका वडा न. १ कल्लेरीफाँटमा, मंगलबार गल्छी गाउँपालिका वडा नम्बर न. ६ बैरेनीमा, बुधबार गल्छी गाउँपालिका वडा न. ८ भल्टार सिम्लेसम्म, बिहिबारः– गल्छी गा¤उपालिका वडा न. ७ डल्टारमाथि, शुक्रबार गल्छी गाउँपालिका वडा न.४ को मासटार टोलमा र शनिबार शनिबार बेलकोटगढी नगरपालिका वडा न.५ कोल्पुटार र केउरेनी गाउँमा गरी यो अभियान बैशाख महिनामा सम्पन्न भएको शाखा प्रमुख काफ्लेले बताएका छन् । उनका अनुसार स्थानीय नेता, स्थानीयबासी र आफ्ना बैंकका कर्मचारीको सहकार्यमा यस्तो काम सम्पन्न भएको हो ।

शाखा प्रबन्धक काफ्लेले आफ्नो शाखाले मात्र होइन सांग्रिला डेभलोपमेन्ट बैंकका देशभरकै शाखाहरुबाट यस्तो काम भइरहेको बताएका छन् । उनले आफुहरुले गरेको कार्यले आम जनतासमेत खुसी भएको दावीसमेत गरेका छन् ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK