Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको नयाँ शाखा झापाको सुरुङ्गामा, मेयर राजेन्द्रकुमार पोखरेलद्वारा उद्घाटन

अर्थ सरोकार

 सुरुङ्गा

काठमाडौं – सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा बैंकको आवश्कता महसुस गर्दै सिभिल बैंकल नयाँ शाखाको उद्घाटन गरेको हो ।
उक्त शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा पोखरेलले नेपाललाई समृद्धि तर्फ लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्यखर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरेका छन् ।
सिभिल बैंकले आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीले बताए । साथै, यस शाखा सहित बैंकको कुल शाखा संख्या ७५ पुगेकोे पनि छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK