काठमाडौँ – गण्डकी विकास बैंकले चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी र असिनापानीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गरेको छ । बैंकले उक्त सहयोग वापत २ लाख ९ हजार ९ सय त्रियासी रुपैयाँकोे चेक जिल्ला विपदव्यवस्थापन समितिको खातामा जम्मा हुने गरि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई उपलब्ध गराएको हो ।
उक्त रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले प्रमुख जिल्ला अधिकारीलाइ हस्तान्तरण गरेका हुन् ।
बैंकले घटनामा पिडितको सहयोगको लागि“बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामक खाता सञ्चालन गरि उक्त रकम संकलन गरेको थियो । उक्त खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख र अन्यकर्मचारी तथाग्राहक महानुभावहरुबाट १ लाख ९ हजार ९ सय ८३ रुपैयाँ संकलन गरेको थियो ।
समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत विपतमा परेका बारा तथा पर्साका पिडितका लागि संकलन गरि विपदव्यवस्थापन समितिमा जम्मा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । साथै भट्टराईले उक्त रकम विपदव्यवस्थापन समितिको निर्णय अनुसार खर्च हुने र भविष्यमा पनि सोही प्रकारका सहयोगको अपेक्षा गरेको बताए ।
बैंकका विरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले चेक हस्तान्तरण गर्दै उक्त सहयोगले पिडितलाई केही भएपनि राहात पुग्ने बैंकले अपेक्षा राखेको बताउदै बैंकले यस्ता प्रकारका सहयोगलाई आगामीदिनहरुमा समेत निरन्तरता दिदै जाने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्