×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले एकैसाथ सुरु गर्यो ५ वटा शाखारहित बैंकिङ्ग सेवा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले एकैसाथ सुरु गर्यो ५ वटा शाखारहित बैंकिङ्ग सेवा

 सुनसरी

काठमाडौँ – ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका – १०, धनचौरमा १२७औँ, कास्की जिल्लाको रुपा गाउँपालिका – ६, रुपाकोटमा १२८औँ, सुनसरी जिल्लाको कोशी गाउँपालिका – ३, जमुवामा १२९औँ, लमजुङ्ग जिल्लाको राईनास नगरपालिका– ५, सातबिसेमा १३०औँ र सोही जिल्लाकै राईनास नगरपालिका– ६, धमिलिकुवा मा १३१औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचै वटा शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुन । 
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: