काठमाडौं – ग्लोबल आइएमई बैंक र शंकर देब क्याम्पस बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार बैंकको एक्सटेन्सन काउन्टर शंकर देब क्याम्पसमा रहनेछ । उक्त सम्झौता पत्रमा शंकर देब क्याम्पसका प्रमुख कृष्ण प्रसाद आचार्य र ग्लोबल आइएमई बैंक किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुरुप ग्लोबल आइएमई बैंकले शंकर देब क्याम्पसमा प्राप्त हुने सम्पुर्ण शुल्क संकलन गर्ने, क्याम्पसलाई प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसका कर्मचारीहरु तथा विद्यार्थीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउनेछ ।
बिभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंकले देशभरका विभिन्न १७ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार सञ्चालन गर्दै आएको छ ।
हाल ग्लोबल आइएमई बैंकले विभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत लगायतका सरकारी कार्यालयहरुमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्