Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकका ग्राहकले बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलमा ५०% सम्मको छुट पाउने

अर्थ सरोकार

काठमाडौं – ग्लोबल आइएमई बैंक र बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट सम्वन्धि सम्झौता भएको छ । 
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा बी. एण्ड सी. मेडिकल कलेज टिचिङ हस्पिटलका जनसम्पर्क अधिकृत प्रोमिश गिरी र बैंकको बिर्तामोड शाखाका शाखा प्रबन्धक पवन कुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात बी. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड, झापामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK