काठमाडौँ – गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लि. र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षेर गरे।
सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ भने अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारहरुलाई जीवन बीमा गराउदा विशेष सहुलियत दरमा बीमा शुल्क निर्धारण गरी बीमालेख जारी गर्ने र विभिन्न अध्ययन, अनुशन्धान तथा अवलोकनमा आउने विद्यार्थी तथा कर्मचारीहरुलाई गुराँस लाइफ ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने र दुवै संस्थाद्धारा अन्य व्यवस्थापकिय र प्राविधिक सहकार्य तथा समन्वयलाई उच्च प्राथमिकतामा राखिने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्