Skip to content
LAXMI SUNRISE BANK

जनकपुरधाममा हिमालयन बैंकको ५८ औँ शाखा सञ्चालन, मुख्यमन्त्री लालबाबु राउतद्वारा उद्घाटन

अर्थ सरोकार

 जनकपुरधाम

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले जनकपुरधाम उपमहानगरपालिका-१, स्टेशनरोडमा बुधबार ५८ औ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन प्रदेश नं २ का माननीय मुख्यमन्त्री मो. लालबाबु राउतले एक समारोहका बीच गरे ।
सो अवसरमा प्रमुख अतिथि राउतले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK