काठमाडौं – आइएमई पेले मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक गरेको छ ।
मोबाइलबाट नै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधाहरूमा हाल ‘आइएमई पे’ को नाम अहिले चर्चामा छ । गुगल प्ले र एप स्टोरबाट सजिलै डाउनलोड गरि प्रयोग गर्न सकिने ‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम हालै सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टि.भीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्टहरू तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले भने, ‘आइएमई पे को प्रमुख लक्ष्य भनेको मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु नै हो ।
प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्यालाई पनि बढाउँदै लिएर जाने लक्ष्य लिएका छौं । जसबाट सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानहरूमा आइएमई पे बाट नै भुक्तानी गर्न सकिनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्