Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाईफ इन्स्योरेन्सले बढायाे घातक रोगकाे बीमा, अब ५० लाखसम्म

अर्थ सरोकार

काठमाडौँ – ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा प्राण घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षासहितकाे नयाँ बीमा पाेलिसी जारी गरेकाे छ । ११ वटा घातक रोग विरुद्ध उपचारको लागि १० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा सहित जीवन बीमा हुने पाेलिसी कम्पनीले यसअघि पनि ल्याएको थियो । हाल भने ३५ वटा रोग विरुद्ध ५० लाख रुपैयाँसम्मकै सुरक्षा दिने नयाँ बीमा पाेलिसी कम्पनीले बजारमा ल्याएको हो ।
ज्योतिलाईफ ईन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष नन्द किशोर शर्माले भने– ‘हामीले बजारमा भएको भन्दा छुट्टै खालका प्रडक्ट ल्याउने प्रयास गरेका छौ, जसले गर्दा बीमितको आर्थिक जोखीममा सहयोग गर्ने अवस्था रहन्छ ।’ कार्यक्रममा कम्पनीका तर्फबाट बोल्दै कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्रीले भने–‘आफ्ना नयाँ पोलिसीको बारेमा छलफल गर्दै प्राण घातक रोगको असर बाट बच्न सजगता अपनाउनु पर्नेमा जोड दिए ।’
शुक्रबार राजधानीको होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी तथा समाजसेवी कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ तथा कम्पनीका ब्राण्ड एम्बेस्टर महानायक राजेश हमाल लगायतकाे उपस्थिती रहेको थियो ।
कार्यक्रममा विषेश अतिथि कर्ण शाक्य र डा. सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट पर्न सक्ने असरको बारेमा भनाईहरु राखेका थिए । यस्तै, कम्पनीका सदभावना दूत महानायक राजेश हमाललेपनि रोग लाग्नु अगावै सचेत रहन तथा बीमा गराउन आवश्यक रहेकोमा प्रकाश पारे ।
कम्पनीको ३५ घातक रोगमध्येमा ५० लाखसम्मको बीमा पाइने उमेर हद
१८ देखी ५५ बर्षसम्मका बीमितले यो योजनामा प्रवेश गर्न सक्ने छन् । सो योजना अन्र्तगत अधिकतम अवधि भनेर २० वर्षलाई तोकिएको छ । साथै, अधिकतम बीमा समाप्ती उमेर ६० वर्ष रहेको कम्पनीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK