Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंक लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवम् अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच सम्झौता भएको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK