
२०७५ साल जेठ ६ गते सोमबार । कामना सेवा बिकास बैंकमा कही फरक माहोल देखियो । बैंकको केन्द्रीय कार्यालयमा सबैजसो कर्मचारी सांस्कृतिक पहिरनमा थिए । अधिकांस पुरुष कर्मचारीहरु दौरा सुरुवालमा सजिएका थिए भने कोही आफ्नै संस्कृतिअनुसारको पहिरनमा थिए । महिला कर्मचारीहरु बैंकको ड्रेसमा भन्दा साडीमा झन् आकर्षक देखिन्थे । तर सोमबार बैंकमा कुनै खास विशेष कार्यक्रम थिएन । अनि किन सबै कर्मचारी यस्तो पहिरनमा आए त ? हाम्रो स्वाभाविक जिज्ञासा रह्यो ।
हामीले यहि प्रश्न बैंकका ब्राण्ड हेड घनश्याम ढुंगेललाई सोध्यौँ । उनको उत्तर आयो, ‘ब्राण्ड डिपार्टमेन्टकै कन्सेप्टमा हरेक महिनाको पहिलो सोमबार सबैले आफ्नो संस्कृति अनुसारको पहिरनमा बैंक आउने निर्णय भएको छ ।’ उनका अनुसार यसले फरक उर्जा दिन्छ, संस्कृति बचाउने अभियानमा पनि एउटा प्रयास हो यो ।

उनको कुरा सुनिसकेपछि हामीले बैंकका सीइओलाई भेट्यौं । खासै दौरा सुरुवाल नलगाउने बैंकका सीइओ प्रविण बस्नेतलाई पनि दौरा सुरुवाल निकै सुहाएको थियो । केहि फरक देखिएपनि समग्रमा उनलाई उक्त पहिरन सुहाएको देखियो । ‘सरलाई त दौरा सुरुवाल सुहाउने रहेछ है ।’ हाम्रो प्रतिक्रियामा उनले भने ‘दोश्रो पटक हो यो दौरा सुरुवाल लगाएको । टोपी अलि मिलाउन आउँदैन । ब्राण्डका साथीहरुले यस्तो निर्णय गर्ने भनेपछि मलाई पनि ठिक लाग्यो । अव हरेक महिनाको पहिलो सोमबार हाम्रा कर्मचारीहरु आफ्नै संस्कृतिक पहिरनमा आउनेछन् ।’
सीइओसँग कुराकानी हुँदै गर्दा ब्राण्ड हेड ढुंगेलले अगाडी थपे, ‘केहि ब्रान्चबाट हामी थारु ड्रेस लगाएर एक दिन बैंक आउँछौँ भन्ने कुरा आएको छ । सबैजना खुसी छन् । हामी हाम्रो कन्सेप्टमा सफल भएका छौं ।’ कुराकानी सकिएपछि हामी बैंकबाट निस्किंदै गर्दा बैंकमा ‘लन्च ब्रेक’ भएको रहेछ । यहि बीचमा हामीले केहि तस्विरहरु खिचेका छौं ।












Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्