काठमाडौँ – कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. सँग औषधी तथा उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि को तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गर्नुभएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्