
झापा – आफ्ना कर्मचारीलाई ‘टर्चर’ दिएको समाचार सेलाउन नपाउंदै कन्काई बिकास बैंकको अर्को कर्तुत सार्वजनिक भएको छ । बैंकबाट राजीनामा दिएपनि आफुलाई रिलिज पत्र नदिएको भन्दै पटक पटक ताकेता गर्दा पनि रिलिज पत्र नपाएको बरु उल्टै सीइओ र एचआर हेडले थर्काएको भन्दै पीडीत कर्मचारीले अर्थ सरोकार गुहारेपछि यस्तो रहस्य बाहिरिएको हो । बैंकमा काम गर्ने वातावरण पनि नभएको र आफुले अरु बैंकमा त्यहाँ भन्दा राम्रो अवसर पाएको भन्दै बैंक छोडेको भएपनि बैंकले विभिन्न बहानामा रिलिज पत्र नदिएको कर्मचारीहरुको गुनासो छ । कुनै पनि बैंकले अन्य बैंक तथा वित्तीय संस्थामा काम गरेका कर्मचारी राख्दा रिलिजपत्र माग्नेगर्छ । सोहि पत्रका लागि कर्मचारीले आफु पनि कोसिस गरेको, लामो समय कुरेको, केहि जनप्रतिनिधिसमेत लिएर बैंकमा यस विषयमा कुरा गर्न गएको भएपनि बैंकले एकोहोरो पेलिमात्र रहेपछि कर्मचारीहरु आफुले दिएको राजीनामा पत्र र आफ्नो नियुक्तिपत्र बोकेर अर्थ सरोकार डटकमका प्रतिनिधिसँग भेट्न आएका थिए ।
सीइओले धम्क्याए, एचआर हेडले थर्काए
यतिमात्र होइन राजीनामाको विषयलाई लिएर बैंकका प्रमुख कार्यकारी अधिकृत र एचआर हेडले थर्काएको समेत पाइएको छ । अर्थ सरोकारलाई प्राप्त ३३ मिनेट लामो अडियो रेकर्डमा बैंकका सीइओले यस्तै हो भने आफुले बैंक चलाउन नसक्ने मात्र भनेका छैनन्, बरु राजीनामा दिने कर्मचारीहरुलाई आफुसँग राजीनामा स्वीकृत नगर्ने अधिकारसमेत रहेको भन्दै धम्क्याएका छन् । अर्थ सरोकारसँग सुरक्षित रहेको अडियो रेकर्डमा बैंकका एचआर हेडले राजीनामा दिने कर्मचारीलाई थर्काएका पनि छन् । उनले ‘तिमीहरुलाई के लाग्छ ? तिमीहरु अफ्रिकाको बैंकमा जाँदैछौ ? नेपालकै बैंकमा जाँदैछौ नि ! यस्तै हो भने करियर के हुन्छ थाहा छ ?’ भन्दै थर्काएका छन् । उक्त अडियो रेकर्ड हामी आगामी अंकमा प्रस्तुत गर्नेछौँ ।
यो पनि पढ्नुहोस्
कर्मचारीलाई ‘टर्चर’ दिने कन्काई बिकास बैंकको अनौठो ‘फन्डा’, राष्ट्र बैंकमा उजुरी गर्दा करियर सिध्याईदिने धम्की ! (प्रमाणसहित)
बैंकका सूचना अधिकारी भन्छन्, ‘हाम्रा आफ्नै बाध्यता छन्, कर्मचारीलाई धम्क्याउनुचाहीं गलत हो’
यस विषयमा हामीले बैंकका सूचना अधिकारी र बैंकका डेपुटी सीइओसमेत रहेका रविन्द्र अर्याललाई सम्पर्क गरेका थियौं । सुरुमा उनले थोरै कर्मचारी भएको बैंकबाट अन्य बैंकले लट-लट उठाएर कर्मचारीहरु लगेको भन्दै राजीनामा दिएका कर्मचारीहरुलाई रिलिज गर्न केहि गाह्रो भएको दावी गरेका छन् । ‘हामी सानो बैंक हो । थोरै रिसोर्स छ । त्यो पनि लट-लट उठाएर कर्मचारीहरु अरु बैंकले लैजान थालेपछि हामीलाई अफ्ट्यारो भएको हो । राजीनामा दिएका कर्मचारीहरुलाई रोक्ने हामीलाई कुनै अधिकार छैन । सकेसम्म चांडो उहाँहरुलाई रिलिज दिन्छौं ।’ ‘सकेसम्म चांडो भनेको कहिले हो ? कति दिनपछि हो ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एक महिनाजति लाग्ला ।’ ‘अनि एक महिना के गर्ने ? एक महिनासम्म अर्को बैंकले कुरेर बस्छ ? कर्मचारीहरुको करियरमाथि सम्झौता भएन र ?’ भन्ने हाम्रो प्रश्नपछि उनले आफु गाडी चलाईरहेको र एक मिनेटपछि कल गर्ने बताए । तर त्यसपछि उनले फोन गरेनन् । न त हामीसँग सम्पर्कमा नै आए ।
यता कुराकानीकै क्रममा उनले राजीनामाको विषयलाई लिएर कसैलाई थर्काउनु वा धम्क्याउनु गलत भएको स्वीकारे । सुरुमा उनले भने, ‘त्यसरी कुनै कर्मचारीलाई बैंकको जिम्मेवार व्यक्तिले थर्काएको वा ध्याम्क्याएको भन्ने मलाइ लाग्दैन । हामीले उहाँहरुलाई रिलिज दिन्छौँ भनेकै छौं ।’ त्यसपछि हामीले उनलाई हामीसँग भएको अडियो रेकर्डको केहि कन्टेन्टहरुबारे सुनाएपछि उनले भने, ‘हाम्रा पनि आफ्ना बाध्यता छन् । प्रेसर छ । प्रेसरमा रहेका बेला त्यस्तो केहि नराम्रो भनियो होला । तर यस्ता कुराहरुलाई तपाईंहरुले पनि एक्स्क्यूज गर्नुहुन्छ भन्ने लागेको छ ।’
हेर्नुहोस् बैंकका कर्मचारीले दिएको राजीनामा पत्र

हेर्नुहोस् बैंकका कर्मचारीको नियुक्ति पत्र



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्