×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

PRIME CA

महालक्ष्मी विकास बैंक २५ औँ वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनाइयो वार्षिकोत्सव

७ जेष्ठ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – महालक्ष्मी विकास बैंक लि. मंगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिकहितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको जनाइएको छ ।
दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरेकोमा धन्यबाद दिंदै प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।
बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेल र राजेश रौनियारकोपनि उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: