×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट जीवन वीमा सेवा खरिद गर्न सकिने

अर्थ सरोकार

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार

PRIME CA

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट जीवन वीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: