काठमाडौँ – कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।
कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ ।
मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्