Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको ‘सिएसआर’, रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई ३५ थान कुर्सी हस्तान्तरण

अर्थ सरोकार

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’ लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको सँयुक्त उपस्थितीमा कुर्सी वितरण गरेको हो । 
उक्त संस्थाको प्राङ्गणमा वितरीत कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी रुपमा बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैँकको प्रगतीको कामना सहित जेष्ठ नागरिकको आशिष र कामना सहित धन्यवाद व्यक्त गरे । कार्यक्रममा बैँकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK