Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको नयाँ शाखा कास्कीको तालचोकमा, जिसि र अधिकारीद्वारा उद्घाटन

अर्थ सरोकार

 कास्की

काठमाडौँ – नेपाल बैंक लिमिटेडले पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसि र नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण्वहादुर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथि जिसिले बैँकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकतामा जोड दिंदै नेपालको सबैभन्दा पुरानो बैँक कारोवार तथा सेवाको आधारमा समेत अब्वल बैंक बन्न सकोस् भन्ने शुभकामना प्रकट गरे ।
नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैंकिङ सेवा पुरयाउँदै आएको बैंकलाई वर्तमान पुस्ताको आवश्यकता बमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता प्रकट गरे ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी, बैक शाखा प्रबन्धक मनिता शर्मा लगायतका वक्ताले बंैक सेवाका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।
बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वराल, प्रदेश ४ को बैकको प्रादेशिक कार्यालय प्रमुख धिरज राई, स्थानीय निकायका जनप्रतिनिधि, उद्यमी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK