काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूल नजिकै खोलिएको काउन्टरले विद्यार्थी एवम् शिक्षक लगायत स्थानीय जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ ।
काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो । साथै, नेपालइन्भेष्टमेण्ट बैंक लि.ले खाँदबारी स्थित शाखालाई सोही ठाउँको खाँदबारी-१, प्रगतिटोल, संखुवासभामा स्थान्तरण गरेको छ ।
हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्