काठमाडौँ – नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुरमा शाखा बिस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृतश्री नामक अग्रिम भुक्तानी/आजीवन बीमालेखको पनि अध्यक्ष चापागाईले शुभारम्भ गरे । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थति रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमाप्रति आमनागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनताले बीमा गरेको जानकारी गराउँदै अब बीमा गाउँ केन्द्रित हुन आवश्यक बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले बीमा बजारलाई आधुनिकिकरण गर्न र बीमा सेवालाई गाउँगाउँमा पुर्याउन आवश्यक रहेको विचार व्यक्त गरे । केही समय भित्र बाँकेको नेपालगञ्जमा क्षेत्रीय कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका ७ सय ५५ जना सदस्यहरुलाई वार्षिक एक सयका दरले बीमा कार्यक्रम सुरुवात गरिएको र सबै व्यक्ति÷क्षेत्रमा बीमा गर्न आवश्यक रहेको बताए । ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दक्तराज हमालले कम्पनीलाई प्रशासनिक कार्यक्रममा आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाए ।
कम्पनीको प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले कम्पनीको नयाँ बीमालेख अमृत श्री अग्रीम भुक्तानी÷आजीवन सहितको विशेषताहरु बारे कार्यक्रममा जानकारी गराए । कार्यक्रमको सहजिकरण कम्पनीका नेपालगञ्ज शाखा प्रमुख दीपनारायण खनालले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्