×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बुटवलको रामनगरमा, श्रम तथा रोजगार कार्यालयका ग्राहकलाई सहज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बुटवलको रामनगरमा, श्रम तथा रोजगार कार्यालयका ग्राहकलाई सहज

Artha Sarokar

३ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु बैंकले रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले शुक्रबार एक समारोहका विच बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथिको मन्तव्य राख्दै बालकृष्ण थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराए । साथै, कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।
बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ । साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी