काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय उद्घाटन गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो ।
सो समारोहमा प्रमुख अतिथि राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने वताए ।
बैंकका प्रदेश नम्बर १ का प्रमुख ऋषब भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश नम्बर १ सभाका प्रमुख प्रतिपक्ष दलका नेता माननीय राजिब कोइराला, धरान उपमहानगरपालिकाका कार्यबाहक प्रमुख मन्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले शुभकामना ब्यक्त गरेका थिए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु जनककुमार बराल, विद्यावारिधि सिग्देल, अर्जुनबहादुर अधिकारी, विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठ लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्यमी व्यवसायीहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभागीय प्रमुख राज्य लक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य र उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्