काठमाडौं – बैंक अफ चाइनाको गान्सु शाखासँग सनराइज बैंकले रणनीतिक साझेदारी सम्बन्धी सम्झौता गरेको छ । नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाउने सहमति भएको हो । सम्झौता बमोजिम विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक अन्तरसम्बन्ध कायम गर्नका लागि यो सम्झौता गरिएको बताइएको छ ।
चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रम बीच गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् ।
सनराइज बैंकले यसअघि बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत गरिसकेको छ । साथै, दुई बैंक बिच आपसि कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोली बनाउने पनि सहमति भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्