काठमाडौँ – नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक्सचेञ्ज योजना अघि सारेको छ । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी एक्स्चेञ्ज अफर ‘टिभीएस एक्सचेञ्ज जात्रा’ सञ्चालन गरेको छ ।
एक्सचेञ्ज जात्रा जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा सञ्चालन भैरहेको र कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य रु.२५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्क्य्राच कुपनबाट कम्तीमा रु.१० हजारदेखि बढीमा रु.१ लाख रुपैयाँसम्मको पक्का नगद छुट प््राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् ।
यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्