काठमाडौं – कृषि विकास बैंकले कोटेश्वरको महादेवस्थानस्थित मदनवाटीका पार्कलाई १५० थान डस्टबीन हस्तान्तरण गरेको छ । बैंकको क्षेत्रीय कार्यालय काठमाडौँले सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र बैंकका सीईओ अनिल कुमार उपाध्यायले संयुक्त रुपमा पार्कको उपभोक्ता समितिलाई उक्त डस्टबीन हस्तान्तरण गरे ।
स्थानीय नागरिकहरुको बाक्लो उपस्थित रहेको सहयोग हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी खरेलले आफ्नो नगर÷टोल लाई सुरक्षीत बनाउने दायित्व त्यहाँ बस्ने नागरीकको पनि भएकोले आफ्नो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्नुपर्ने बताए ।
बैंकका सीईओ उपाध्यायले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पुँजी भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता बृद्धिका लागि विभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको उनले उल्लेख गरे ।
एकिकृत उपभोक्ता समितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा खरेलले कृषि विकास बैंकले पुर्याएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्