×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना तथा मझौला व्यवसायीहरुका लागि कर-तालिम सम्पन्न, २१ तस्विरमा हेर्नुहोस् फोन्सासको कार्यक्रमको रौनक !

PRIME CA

साना तथा मझौला व्यवसायीहरुका लागि कर-तालिम सम्पन्न, २१ तस्विरमा हेर्नुहोस् फोन्सासको कार्यक्रमको रौनक !

अर्थ सरोकार

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार

काठमाडौँ । साना तथा मझौला व्यवसायीहरुका लागि कर तथा लेखा प्रणाली सम्बन्धमा प्रशिक्षण दिईएको छ । फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स एण्ड एसएमइज (फोन्सास)को आयोजनामा कर नीति, व्यवसाय दर्ता तथा लेखा व्यवस्थापन र व्यवसायजन्य प्रशासनिक समस्या लगायत विषयमा साना तथा मझौला व्यवसायीलाई प्रशिक्षण दिईएको हो । व्यवसाय र नीतिगत विषयमा सधै ठुला व्यवसायी मात्रै केन्द्रविन्दुमा रहिरने र साना व्यवसायीको समस्या तथा व्यवसायजन्य प्रशासनिक जटिलताको विषय ओझेलमा पर्ने गरेको गुनासो व्यवसायीबाट नै भईरहेका बेला साना तथा मझौला व्यवसायीका लागि कर प्रशिक्षण दिईएको हो । 
फोन्सासले सनिबार आयोजना गरेको कार्यक्रममा नेपालको कर प्रणालीको साथै व्यवसायजन्य कर लगायत प्रशासनिक प्रक्रियाका बारेमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा कर प्रणाली र प्रक्रिया तथा प्रशासनिक प्रक्रियाका बारेमा कर विज्ञ उमेश राज पाण्डेयले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा उपस्थित व्यवसायी तथा स्टार्ट अप्स कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले विभिन्न कर सम्बन्धि समस्याबारे जिज्ञासा राखेका थिए । कार्यक्रमलाई एनआइसी एशिया बैंकले मुख्य प्रायोजन गरेको थियो भने अर्थ सरोकार डटकम उक्त कार्यक्रममा मिडिया पार्टनरका रुपमा रहेको थियो । 
कार्यक्रमपछि उपस्थित सहभागीहरुले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् । यता फोन्सासका अध्यक्ष अर्जुन भट्टराइले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएर अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । हेरौं कार्यक्रमका केहि झलकहरु फोटो फिचरमा :   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: