Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकका ग्राहकले मनमोहन मेमोरियल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने

अर्थ सरोकार

विर्तामोड

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् । 
यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्डहोल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK