काठमाडौ – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार भएको छ । सोमबार एक समारोहका बीच प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो ।
शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने-‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए ।
कालिमाटीमा खुलेको ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कालिमाटीमा सोमबार उद्घाटन गरिएको शाखामा महिला प्रमुख रहेको कम्पनीको जनाएको छ । यस्तै, हालसम्म कम्पनीको ६ वटा शाखामा महिला नै प्रमुख रहेको कार्यक्रममा जानकारी गराईयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्